नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस आवको वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । गत बर्षको यसै अवधिमा मुद्रास्फीति ५.३९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ बैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.५० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८५ प्रतिशतले बढेको छ ।





















प्रतिक्रिया