Logo

अर्थ

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारि बृद्धि, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट



चालु आर्थिक वर्षको १० महिनासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३१.६५ ले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्ममा सुनको भाउ प्रतिआउन्स १७०८.६ अमेरिकी डलर पुगेको छ । गत वर्ष यसैअवधिमा सुनको मूल्यप्रति आउन्स १२९८.४०५ अमेरिकी डलर थियो ।

यता, आर्थिक वर्षको १० औं महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य भने ६१.५५ ले घटेको छ । कच्चा पेट्रोलियमको भाउ प्रतिब्यारल २७.८९ डलरमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारल अमेरिकी डलर ७२.५३ रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १५:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।