आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा कुल विदेशी विनिमय सञ्चीति १० अर्ब २५ करोड डलर रुपैयाँ रहेको नेपनल राष्ट्र बैंकले जानकारि गराएको छ । गत वर्षको यसै अवधिमा विदेशी विनिमय सञ्चीति रु.९ अर्ब ५० करोड डलर रुपैयाँ बराबर रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गतवर्ष असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा यस वर्ष बैशाख मसान्तमा रु.१०७५ अर्ब १९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत वर्षको असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा यस वर्षको बैशाख मसान्तमा रु.१६० अर्ब ७ करोड पुगेको छ । यस अवधिसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेका छन । गत वर्ष यस अवधिमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारि दिएको छ ।





















प्रतिक्रिया