आर्थिक वर्ष २०७६–७७ को दश महिनामा बैंकको कारोबारमा आधारारित सरकारको वित्त स्थिति १२९ अर्ब १८ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जानकारि दिएको छ । । गत वर्षको यसै अवधिमा वित्त स्थिति ४४ करोड रुपैयाँ घटामा रहेको थियो ।
भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक संघीय सरकारको कुल खर्च ७२५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत ६०६ अर्ब ८२ करोड रुपैयाँ रहेकोे छ ।
अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ६६५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । चालु आवको १० महिनामा सरकारले १३५ अर्ब रुपैयाँ आन्तरिक ऋण र ७४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वाह्य ऋण परिचनलन गरेको छ । २०७७ बैशाख मसान्तसम्ममा सरकार र प्रदेश सरकार समेतको बिभिन्न बैंक खातामा जम्मा २०४ अर्ब ३३ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले बताएकोब छ ।





















प्रतिक्रिया