अजोड इन्सुरेन्सले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।
यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ ।





















प्रतिक्रिया