Logo

अर्थ

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?



सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ४०५ रुपैयाँले घटेर ९० हजार १६० रुपैयाँमा झरेको छ ।

सोमबार तेजावी सुनको भाउ प्रतितोला ९० हजार ५६५ रुपैयाँ पुगेको थियो । यता, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।