सुन–चाँदीको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार १०० पुगेको छ । मंगलबार यसको मूल्य ४ सय रुपैयाँ घटेर ९० हजार ६०० रुपैयाँमा झरेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोलो ५०५ रुपैयाँ बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ ।
तेजावी सुनको मूल्य मंगलबार ९० हजार १६० रुपैयाँ थियो । यता बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । मंगलबार चाँदीको मूल्य ९ सय ४० रुपैयाँ थियो । पछिल्ल्लो समय सुनको मूल्य चुलिनुको कारण कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पारेको असर हो । नेपालमा सुन–चाँदी पुरै आयातमा निर्भर छ । विश्व बजारको मूल्यको आधारमा नेपालमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ ।





















प्रतिक्रिया