एनआईसील एशिया बैंकले ग्राहकहरुको घातक रोग सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उपचार बीमा वापत ल्याएको दावि रकम भुक्तानी गरेको छ । बैंकले २ जना ग्राहकहरुलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा दावि भुक्तानी गरेको हो ।
चमत्कारिक बचत खाता खोलेका नवलपरासीस्थिका दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणीको खाता खोलेका काठमाडौंका बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।
बैंकले हालसम्म १६० जना भन्दा बढि ग्राहकहरुलाई १ करोड ३० लाख भन्दा बढि रकम भुक्तानी गरिसकेको छ । यस बैंकले आर्थिक वर्ष २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ५० करोड २४ लाख ९८ हजार रुपैयाँ छ । बैंकको हालसम्मको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ छ ।





















प्रतिक्रिया