Logo

अन्तर्राष्ट्रिय

कोरोनाको कारण विश्व अर्थतन्त्रमा सोचिएको भन्दा ठूलो असर



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने आउने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो ।

कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा असर परिरहेको छ ।
सामाजिक दुरी कायम गर्ने नियमका कारण धेरै व्यक्तिहरु घर बाहिर निस्किएका छैनन् । जसका कारण उनीहरुका माग पनि कम छन् । त्यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।