Logo

साहित्य

प्रशान्त शर्माको ‘रुखहरुको मृत्यु’ सार्वजनिक



प्रशान्त शर्माको पहिलो कृति (उपन्यास) ‘रुखहरुको मृत्यु’ सार्वजनिक भएको छ । शर्माको ‘रुखहरुको मृत्यु’लाई एबीडी पब्लिकेशनले मंसिर २५ गतेबाट बजारमा ल्याएको हो ।

सार्वजनिक पुस्तकमा एक मानिसलाई समय र नियतीले कसरी डोहो-याउँछ ? भन्ने कुरालाई प्रस्तुत गरिएको छ । लेखक शर्माका अनुसार ‘रुखहरुको मृत्यु’मा एक पात्रको जीवनमा प्रेम, परिवार, पेसा र अन्य यावत तत्वहरुले के–कस्ता प्रभाव पार्छ ? र त्यसको असर कस्तो किसिमको हुन्छ ? भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

लेखक शर्माले उक्त पुस्तकलाई गत असोजमा नै सार्वजनिक गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीसँगै अन्य प्राविधिक कारणले केही पछि धकेलिएको बताए ।

त्यस्तै, अहिले आएर ‘रुखहरुको मृत्यु’ बजारमा आइसकेको बताउँदै कोरोना संक्रमणका कारण भीडभाड गर्न सक्ने अवस्था नभएकाले औपचारिक रुपमा विमोचन गर्न नसकिएको पनि लेखक शर्माले बताए । २६६ पृष्ठ रहेको ‘रुखहरुको मृत्यु’को बजार मूल्य रु. ३५० तोकिएको छ |

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार २१:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।