सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको छ । बिहिबार यसको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ५०५ रुपैयाँले घटेर ९० हजार १६० रुपैयाँमा कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासघंले जानकारी दिएको छ ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ थियो । यता चाँदीको मूल्य भने बिहीबारको भन्दा प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९ सय ३५ रुपैयाँ थियो ।





















प्रतिक्रिया