Logo

अर्थ

साधाना लघुवित्तको आइपीओ आजबाट बिक्रि खुला



साधना लघुवित्त वित्तिय संस्थाको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ आज (आइतबार) बाट बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये ०.५०५ अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५५ अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो ।

यसमा लगानीकर्ताले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यो आइपीओ असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस समयमा सबै आइपीओ बिक्री नभएमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । साधनाको आर्थिक वर्ष २०७६÷७७ को तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।