Logo

अर्थ

व्यवसायीहरुको चेतावनीः व्याज छुट नभए सडकमा उत्रिन्छौं



बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् ।

साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । विभिन्न ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पुरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै महासंघले चेतावनी दिएको छ ।
करिब ३ महिना भएको पूर्ण लकडाउन र हालसम्म पनि जारी रहेको आंशिक लकडाउनका कारण उद्योग(व्यवसायहरु निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघले जनाएको थियो ।

लकडाउन पूर्ण रुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नु पर्ने बताए । व्यवसायीहरुको समस्याहरुलाई सहज बनाउन राष्ट्र बैंकले केहि प्रयास गरेको भएपनि पर्याप्त भने नभएको व्यवसाहीहरुले बताएका छन् ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी (व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग अघि सारेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।