अजोड इन्सुरेन्स कम्पनीको दोस्रो साधारण सभा असार २१ गते सम्पन्न भएको छ । साभारण सभामा कम्पनीले छोटो समयमै ७ वटै प्रादेशिक कार्यलय, ३ वटा तेस्रो पक्ष काउन्टर, १६ वटा उपशाखा गरि जम्मा ४२ वटा कार्यलय मार्फत बिमा सेवा प्रदान गर्न सफल भएको जानकारी गराएको छ ।
कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, चुस्त र पारदर्शि बनाउने उदेश्यले यस कम्पनीले फाष्ट ट्रयाकका रुपान दावी भुक्तानी नीति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ । कम्पनीले डिजिटल इन्सुरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आर्थिक वर्षको असार २१ गतेसम्म ८ लाख ८९ हजार ७५८ बीमालेख जारी गरी ८१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको पनि कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले साधारण सभामा प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाएको थियो । उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् । अजोडले असार २५ गतेबाट ३ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रि खुला गर्ने भएको छ ।





















प्रतिक्रिया