Logo

अर्थ

नीजि क्षेत्रबाट आएको सुझाव मौद्रिक नीतिमा समेट्ने गभर्नरको प्रतिवद्धता



नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७-०७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन गभर्नर महमाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको छ ।

नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइन मार्फत नै असार ५ गते नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रमुख आतिथ्यतामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालासँग छलफल गरेको थियो । प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकलाई निजी क्षेत्रबाट आएका सुझाव मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।