Logo

अर्थ

राष्ट्र बैंकले मुद्दति निक्षेप कोषमा २० करोड लगानी गर्ने



राष्ट्र बैंकले मुद्दति निक्षेपको लागि २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको कर्मचारी सुरक्षा कोषमा रहेको रकम बंैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लजागिएको हो । २०७७ साउन १ गतेदेखि २०७७ फागुन २९ गतेसम्म मुद्दति निक्षेपमा लगानी गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले असार २८ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।