सुनको मूल्य सामान्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य ९२ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको मूल्य पनि २०५ रुपैयाँले नै घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ९१ हजार ९६५ रुपैयाँ थियो । यता, चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।






















प्रतिक्रिया