नेपाल राष्ट्र बैंकले कर संकलनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक विदा परेमा पनि राजस्व बुझ्ने शाखा कार्यालयहरु खोल्न निर्देशन दिइएको हो । केन्द्रीय बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न भनेको छ ।
सर्वोच्च अदालतले लक डाउन पूर्णरुपमा खुलेको १ महिनाभित्र कर उठाउन भनेको थियो । सोही अनुसार सरकारले लक डाउन असार १ गतेबाटै खुलेको भन्दै व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नु पर्ने बताएको छ । यसैका लागि असार २७ गतेदेखि विदा परे पनि बैंक शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।






















प्रतिक्रिया