Logo

अर्थ

कर संकलन गर्न सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला राख्न केन्द्रीय बैंकको निर्देशन



नेपाल राष्ट्र बैंकले कर संकलनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक विदा परेमा पनि राजस्व बुझ्ने शाखा कार्यालयहरु खोल्न निर्देशन दिइएको हो । केन्द्रीय बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न भनेको छ ।

सर्वोच्च अदालतले लक डाउन पूर्णरुपमा खुलेको १ महिनाभित्र कर उठाउन भनेको थियो । सोही अनुसार सरकारले लक डाउन असार १ गतेबाटै खुलेको भन्दै व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नु पर्ने बताएको छ । यसैका लागि असार २७ गतेदेखि विदा परे पनि बैंक शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।