Logo

अर्थ

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक



एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने जनाएको छ । बैंकले कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११ दशमलव ९९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत, रिकरिङतर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।