Logo

बैंकिङ

लुम्बिनी बैँकले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने



लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने जनाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले  पुस २६ गते १३औं वार्षिक साधारण सभा गर्ने निर्णय सहित सोही लाभांश प्रस्ताव पारित गर्ने जनाएको हो । कम्पनीको सभा केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । उक्त सभा भर्चुअल माध्यमबाट सम्पन्न हुने छ ।

सभाको अन्य प्रस्तावमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।