Logo

बैंकिङ

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनिले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने 



मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गर्न लागेको बताएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय स्वीकृत गर्ने छ ।

त्यस्तै आर्थिक वर्ष ०७६–७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ भने चालु आर्थिक वर्ष ०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांशको भागिदार बन्न सक्नेछन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।