शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले आयकर ऐन २०५८ अनुसार बैंक तथा वित्तीय संस्थाहरु गाभिएको अवस्थामा कायम शेयरधनीलाई गाभिएको मितिले २ वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने भएकाले बोनस शेयरको लागि नगद लाभांशको व्यवस्था नगरेको जनाउँदै बोनस सेयर १३ प्रतिशत वितरण गर्ने जनाएको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया