Logo

मधेश प्रदेश

सिरहामा पूर्वगाविस अध्यक्षमाथि बम प्रहार



सिरहामा अज्ञात समूहले पूर्व गाविस अध्यक्ष सुवर्ण यादवलाई लक्षित गरी प्रहार गरेको छ । औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला मध्यराति यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ।

नेकपाका नेता समेत रहेका यादवको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको छ ।

बम कसले प्रहार गरेको भन्ने विषयमा केही खुल्न नसकेको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार १४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।