Logo

पत्रपत्रिका

नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब



नेपाल–भारत सीमा क्षेत्रमा ८ सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।

नापी विभागका अनुसार कार्यदलले हालसम्म १ हजार ७ सय ६३ वटा मर्मत गरेको छ भने २हजार ४ सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ। यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८ सय ९२ वटा हराएको विभागको भनाइ छ।

सुगौली सन्धिपछि दुवै देशको सीमामा ८ हजार ५ सय ५३ पिलर गाडिएको थियो । तीमध्ये कतिपय लडेका, कतिपय हराएका, कतिपय मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले ६ वर्षदेखि वैज्ञानिक मापन जारी छ। वैज्ञानिक मापनपछि पनि कतिपय ठाउँमा पिलर गायब गरिएका छन्।

नेपाल–भारत सीमाक्षेत्र ठोरीमा गाडिएका ४ सय ३६ नम्बरको सीमास्तम्भ आइतबार बिहान गायब गरिएको छ । यसको औपचारिक जानकारी विभागमा भने नआएको विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार ठोरीमा सन् २००७मै वैज्ञानिक सीमा मापनको काम पूरा भएको हो।

सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेर सीमाक्षेत्रको वैज्ञानिक मापन सुरु गरिएको नापी विभागको भनाइ छ । यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागले निकालेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।