Logo

बैंकिङ

सय अंकको नजिक नेप्सेको पहिरो, कारोबार रकम भने ९ अर्ब माथि



आज नेप्सेमा ९६ दशमलव ८८ अंकको पहिलो गएको छ । साताको पहिलो दिन आइतबार नेप्से ९६.८८ अंकले घटेर १९३५.६३ अंकमा कायम भएको छ ।

आइतबार अधिकांश सूचांक राताम्मे हुँदै शेयर मूल्य घटेपनि कूल एक करोड ३९ लाख ५८ हजार २७४ कित्ता शेयर खरिद बिक्री भई कूल आठ अर्ब ६७ करोड ५५ लाख ६६ हजार २५८ रुपैयाँको कारोबार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्दै बैशाखमा मध्यावधी निर्वाचनको मिति घोषणा गरेसँगै शेयर बजारमा पहिरो गएको छ । आज विहान आघा घण्टामा ६५ अंकले घटेको नेप्से केही सम्हालिँदै बजार बन्द हुँदा झण्डै एक सय अंकले घट्न पुगेको हो ।

आइतबार युनाईटेड आईडिआई मार्दी हाईड्रोपावरको सर्वाधिक मूल्यबृद्धि भई सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्स प्रमोटर शेयर महुली लघुवित्त वित्तीय संस्थाको शेयर आज पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । त्यस्तै, सूर्योदयो लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्वन वित्तीय संस्था, चिलिमे हाईड्रोपावर लगायतका कम्पनीहरुको मूल्यमा नाकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।