Logo

अर्थ

प्रभु क्यापिटलको प्रबन्धक निर्देशकमा दिनेश थकाली नियुक्त



प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा दिनेश थकाली नियुक्त भएका छन्। थकालीलाई सञ्चालक समितिको सदस्य र क्यापिटलको प्रमुख कार्यकारी दुबैको जिम्मेवारी दिइएको छ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली प्रभु बैंकबाट क्यापिटलको महत्त्वपूर्ण जिम्मेवारीमा आएका हुन्। प्रभु क्यापिटलमा आउनु अघि थकाली प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) को जिम्मेवारीमा थिए।

प्रभु बैंक आउनुअगाडी थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा थिए। त्यहाँ उनि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तहसम्म पुगेका थिए। ३२ वर्षको उमेरमै तत्कालीन बागेश्वरी बिकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत रहेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइल्याण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०९:५३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।