Logo

मधेश प्रदेश

वर्षाका कारण वीरगञ्जका केही स्थान जलमग्न



केही दिनदेखिको अविरल वर्षाका कारण वीरगञ्जको केही स्थानहरु जलमग्न बनेका छन् ।

वीरगञ्जको श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, आदर्शनगर, पानीट्याङ्की लगायतका स्थानमा पानी जमेर डुबान भएको हो । सर्वसाधारणका घरभित्र पानी पसेपछि सामानहरुमा क्षति पुगेको छ ।

घरम वर्षेनी वर्षायाममा पानी पस्ने गरेको भएपनि वीरगञ्ज महानगरपालिकाले समस्या समाधानका लागि केही नगरेको स्थानीयको गुनासो छ ।

बाढीपहिरोले लमजुङमा दुई दर्जन बढी परिवार विस्थापित

३ दिनदेखिको अविरल वर्षाका कारण लमजुङमा दुई दर्जन बढी परिवार विस्थापित भएका छन् । बाढीपहिरोले दर्जनौँ घरमा क्षति पुर्याएको छ । दूधपोखरी गाउँपालिका २, जल्केनीमा कमल तामाङ र वेदबहादुर तामाङको घरमा पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका छन् ।

दूधपोखरी ५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्णरुपमा क्षति पुगेको छ। कलबहादुर तामाङको घर जोखिममा परेको छ । त्यस्तै, ४ जनाको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दोर्दी गाउँपालिका–३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा पनि बाढीले क्षति पुर्‍याएको छ । साथै अन्य १० घर जोखिममा परेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा पहिरो जाँदा २० घर विस्थापित भएका छन् । अन्य ७४ घर जोखिममा परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १७:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।