१.
केही यस्ता कुरा छन् ।
जो साच्चै अधुरा छन् ।
ज्यदै चम्कनेहरु पनि ।
भित्र अति मधुरा छन्।
******************
२.
हिड्छन् धेरै अनौठो रात बोकेर !
आफ्नैले दिएको आघत बोकेर !
जब बिगतका पानाहरु पल्टन्छन् ।
जन्मिन्छ उपन्यास त्यो याद बोकेर !
*******************************
३.
अरबौको सहयोग सुनेयौ मात्र,काम देखिएन ।
बिपतमा नि ब्रहमलुट सहयोगिको नाम देखिएन ।
राहात पाएको भन्दा दिएको चित्र देखाउनेको होड ।
कतै पनि भोको पेटले खाएको माम देखिएन ।
*****************************************
४.
राहातको नाममा आएको त्रिपाल चोरिन्छ यो देशमा !
सुनिन्छ रोइरहेका पीडितकै घर फोरिन्छ यो देशमा !
गाउँ घर भत्किएर सारा मानिसहरु पुरिदा पनि कठै !!!
बचाउछन् येसुले भनी धर्मकै प्रचार गरिन्छ यो देशमा !
**********************************************
५.
छटपटि भो भोक लाग्यो खाना चाहियो सरकार !
जाडो लाग्यो लाज छोप्न नाना चाहियो सरकार !
कति लड्छौ लडाउछौ कहिलेसम्म जनतालाई !
स्वाभिमानी एकताको गाना चाहियो सरकार !
***************************************
(सुवेदी युवा लेखक तथा अनुसंधानकर्ता हुनुहन्छ, उहाँका केही सन्देशमुलक मुक्तकहरु माथि उल्लेख गरिएको छ )















प्रतिक्रिया