नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा महासंघको सचिवालयमा आइतबार भएको बैठकमा अध्यक्ष शेखर गोल्छाले कार्यकारिणी समिति सदस्यलाई कार्यक्षेत्रको सभापतिको औपचारिक पत्र हस्तान्तरण गर्दै सभापतिहरुको चयन गर्नुभएको हो ।
जसअनुसार उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डिबी बस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा संदिपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्द अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समितिमा रञ्जित आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ई। देशबन्धु बस्नेत, सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरममा अम्बिका पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
बैठकमा गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्नुपर्ने बताए ।
उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभ–कामना समेत दिए ।




















प्रतिक्रिया