Logo

साहित्य

(लघुकथा) “ज्युदो मान्छेको खोजी”



म बजारमा हिंड्दै थिए ।

केही अगाडि पुगेपछि बाटोको छेउमा मानिसहरुको भीड देखे ।

के रहेछ भन्ने सोच्दै म भीडको छेउमा पुगे ।

दार्शनिक जस्तै देखिने एकजना वृद्ध मान्छे भीडले घेरिएका थिए ।

मध्य दिनको उज्यालोमा ऊनी लालटिन बालेर बसेका थिए ।

उनले हरेक मान्छेको अनुहार नियाल्दै केही महत्त्वपूर्ण कुराको खोजी गरिरहेका थिए कि जस्तो देखिन्थ्यो ।

म पनि उनको नजिकै पुगे । उनले मेरो अनुहारमा निकैबेर घोरिएर हेरे ।

अचम्म लागेर मैले उनलाई सोधे – दिउसै लालटिन बालेर तपाईंले यो शहरका मान्छेहरुको अनुहारमा के खोजी रहनु भएको हो नि ?

गहिरो सोचाइमा डुबेका जस्तै देखिने उनले निकैबेरपछि जवाफ दिए

बाबू ! मैले एउटा ज्युदो मान्छेको खोजी गरिरहेको छु ।

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।