Logo

शेयर बजार

अजोड इन्स्योरेन्सको शेयर कारोबार शुरु



सूचीकृत भएको सातादिनपछि बल्ल आइतवार अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । अजोडले साउन १३ गतेदेखि कारोबार सुरु हुने गरि साउन १२ गते शेयर सूचीकृत गराएको थियो ।

सूचीकृत भई कारोबार खुला भएको चौंथो कारोबार दिन आइतवार भने यस कम्पनीको प्रि ओपनिङ सेसनमा कारोबार भएपछि निरन्तर कारोबारका लागि बाटो खुलेको हो ।

प्रि-ओपनिङ सेसनमा यो कम्पनीको रू. २९१ मा १३० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस दिन रू. २९१ खुला मूल्य रहेको कम्पनीको शेयरमूल्य अधिकतम रू. ३२० सम्म मूल्य पुगेको छ ।

११ः३१ सम्ममा कम्पनीको ३ लाख ९१ हजार ९२ कित्ता शेयर खरिदको माग छ भने विक्रीका लागि कोहि आवेदन आएका छैनन् । कम्पनीको शेयर खरिदका लागि प्रतिकित्ता रू. ३२० सम्मको माग रहेको छ । प्रि ओपनिङ सेसनमा कारोबार नभएपछि बिहीवार पनि अजोडको शेयर कारोबार नहुने भएको हो ।

यस कम्पनीले साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते सोमबार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो ।

अजोडले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेले पहिलो कारोबारका लागि रू. ८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।