Logo

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ



कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएपछि मंगलबार उनको बिदाइ गरिएको हो ।

मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो । सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलबार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा वक्ताहरूले घिसिङलाई पुनस् स्वागत गर्न पाइने आशा पनि व्यक्त गरेका छन् । कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेर राहत दिएका थिए ।

निरन्तर घाटामा रहने प्राधिकरण उनको कार्यकालमा नाफामा समेत गएको छ । प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि चौतर्फी दबाब छ । उनको पक्षमा सोमबार राजधानीमा प्रदर्शन समेत भएको थियो ।

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  ४ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।