Logo

साहित्य

“एक गजल”



जस्तो थियो हिजो यो काया उस्तै छ आजपनि
पवित्र त्यो वरपिपलको छाया उस्तै छ आजपनि

आज फेरियौ यूबराज तिमी फेरियौ कसरी भन्यौ ?
खोज मात्रै तिमीसंग मेरो माया उस्तै छ आजपनि !

लाज पचे पछि खोज्छन १८ करोड को गाडी यहाँ
हेर त ती ग़रीबको दायाँबायाँ उस्तै छ आज पनि

राम्रो किताब र राम्रो मानिस बुझ्न समय लाग्छ !
जानू हेर्नु र बुझ्नू त साथी गया उस्तै छ आज पनि

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ०८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।