एभेरेष्ट बैंक प्रधान कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रधान कार्यालय दुई दिनका लागि बन्द गरिएको मार्केटिक प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।
‘टेकुका स्वास्थ्यकर्मीको सल्लाह अनुसार संक्रमितहरु अहिले होम आइसोलेसन रहेका छन् । आज र भोलि कार्यालय बन्द रहनेछ’ उनले भने ‘दुई दिन कार्यालय निर्मलीकरण गर्ने काम भइरहेको उप्रेतीले जनाएका छन् । प्रधान कार्यालयका कतिपय काम घरबाटै भइरहेको उनले बताए। अन्य कामका लागि अरु शाखाबाट सेवा लिन उनले ग्राहकलाई आग्रह गरे।
प्रधान कार्यालयका १ सय ५२ जना कर्मचारीमा शुक्रबार पिसिआर परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको थियो। अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएकाले संभवतः पर्सिदेखि उच्च सतर्कताका साथ प्रधान कार्यालय सञ्चालनमा आउने उनले बताए।





















प्रतिक्रिया