Logo

कीर्तिपुर हत्याका पीडितलाई १० लाख दिन सरिता गिरीको माग



पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुमा गतसाता कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो)को हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी छन् ।

उनले घरमालिकको आक्रमणबाट घाइते चौधरीको उद्दारमा प्रहरीले ढिलाई गर्दा उनको मृत्यु भएको भन्दै उक्त घटनाले आफूलाई गम्भीर बनाएको बताएकी छन् । उनले चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र बालबच्चाको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै  शम्भुको परिवारको भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै शम्भु पत्नीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरी रोजगारीको समेत व्यवस्था गर्न माग गरेकी छन् । 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ४२ बजे