Logo

बैंकिङ

नबिल बैंकको लगानीकर्तालाई बम्पर लाभांश



नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्त पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड पुग्नेछ ।

nbl.jpg

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।