Logo

वल्भ्समाथि बर्नलेको जित



इंग्लिस प्रिमियर लिगमा बर्नलेले वल्भ्समाथि २–१ को जित निकालेको छ ।

बर्नलेको घरेलु मैदान ट्रप मुरमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा एस्ले बार्नेस र क्रिस वुडले समान एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा एस्ले बार्नेसले गोल गर्दै बर्नलेलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफमा एक शुन्यले अग्रता लिएको बर्नेलले दोस्रो हाफ शुरु लगत्तै ५१औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नलेले अग्रता दोब्बर पार्यो ।

निर्धारित ९० मिनटको खेल सकिन एक मिनेट बाँकी रहँदा फावियो सिल्भाले पेनाल्टीमार्फत एक गोल फर्र्काएपनि वल्भ्सलाई खेलमा फर्काएपनि टोलीको हर तर्न भने सकेनन् । 

जितसँगै बर्नले १३ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित वल्भ्स २० अंकसहित ११औं स्थानमा यथावत छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।