एका विहानै ढुङ्गा पनि सुक्क सुक्क गर्दै रोइरहेका थिए ।
म अचम्मित भए ! हिटलरको त आँसु झरेन खै कसरी रोइरहेछन ढुङ्गा ।।
हजारौं तानाशाहहरु आफ्ना बिगत सम्झिएर खित्का छोड्दा ।
तर पनि खै उनीहरू त सुक्क सुक्क गर्दै रोइरहेका थिए।।
रोम जलिरहेछ निरो बसुरी बजाइरहेछ ।
कोरोना महामारीले जनता आकुल ब्याकुल हुदा पनि ओली
सुखी नेपाली समृद्ध नेपालको गीत गाइरहेछ ।।
ती ढुङ्गा बरबराउछन अनि कराउछन र आफ्नै आँसु पिरहन्छन।
तर खै हिरोसिमा नागासाकीमा अणुबम खसाउने ती कहिल्यै रोएनन् र कराएनन् ।।
युगान्डियन जनता रोग भोक माथी छट्पटी खेल्दा पनि ।
इदिअमीन क्रूर शैलीमा मनुष्य मसल भोजनमा रमाइरहेछ ।।
उ सधै लुप्त प्रजातन्त्र र स्वतन्त्रताको हिमायती तिब्बत,हङकङ,मकाउ अनि ताइवान माथी घाँटी थिचिरहेछ।
तियानमिन स्क्वायरमा प्रजातन्त्रको शिलावृती खोज्ने विधार्थी माथीको नरसंहारमा उ कहिल्यै रुदैन र कराउदैन ।।
आतंककारी निसाना बनेको निर्दोष टुइनटावर कठै सेक्टेम्वर एघारमा आफ्नै पीडामा जलीरहेछ ।
त्यो मूर्ख विन लादेन अमेरिकी बिष्मातलाई विजय उत्सव सम्झी कहिल्यै आत्माआलोचना सहित पश्चाताप गरी रोएनन् र कराएनन् ।।
बेलारुसी तानाशाह विरुद्धको आन्दोलनकी आइकन तिखानोभ्सकया तानाशाहलाई अगाध चुनौती दिदै थिइन।
पदलुलुप युरोपकै एकमात्र तानाशाह एलेक्सजेन्डर लुकाशेन्को तानाशाही बिरासत जोगाउन छैटौं पटक राष्ट्रपतीय चुनाव भिड्दै थियो ।
तर उ कहिल्यै जनताका लागि रुदैन र कराउदैन ।।















प्रतिक्रिया