Logo

अर्थ

सुनको भाउ दुई सयले घट्यो



पछिल्लो समय निकै सुनको भाउमा निकै उतारचढाव देखा परिरहेको छ । आज सुनको भाउ प्रतितोला दुई सयले घटेको छ । सोमबार सुनको तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउन महिनाभरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।