गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दिनेशलाल श्रेष्ठले दिएको राजीनामा माघ १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।
त्यसैगरी माघ १ गतेदेखि नै लागु हुने गरी राजेशकुमार श्रेष्ठलाई सीईओ नियुक्त गरिएको गुहेश्वरी मर्चेन्टले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।





















प्रतिक्रिया