Logo

साहित्य

मेरा बा !



महान छन मेरा बा ।
जसले सङ्घर्षको लागी
कुनै सम्झौता गरेनन्
चौविसै घण्टा लागीरहे
सन्तानका लागि जागीरहे
फोटेको त्यो टोपी र धोती
शरिरमा नामको मात्र वस्त्र हुन्थ्यो
घरको परिवाह अविरल रुपमा वगिरहने
ति दाउन्ने, छहरे र खहरे खोलाहरु
सिञ्चित नभएका पाखा पखेराहरु
मेरा बाको पसिनाले सिञ्चित हुन्थ्यो
तिनै सिञ्चित पसिनाको फलबाट
जसोतसो गुजारा चल्थ्यो मेरा बा को ।

मेरा बा पहाड जस्ता अटल
समुन्द्र जस्तो शितल, आकाश जस्तो
विशाल हृदय भएका महान आत्मा
हुन मेरा बा ।

आफ्ना लाला वाला घर परिवारको
खुसी खोज्दै स्वदेश तथा विदेशको
ती शहरहरुमा परिवारको माया बोकेर
चारैतिर भौतारिरहदा
कतै आफ्ना पनि पराई भए ।

कतै पराई पनि आफ्ना भए ।
जिन्दगीको हरेक उताव चढाव सगँ
लडदै अगाडी वडिरहनु भयो
अभाव, अशिक्षा, अन्धकारलाई चिर्दै
नयाँ क्रान्तिको सुत्रधार खोज्दै
पृथक बाटो देखाउनको लागी
सूर्य वनेर हामीलाई सधै
उज्याले न्यानो प्रकाश दिनुभयो
सस्ंकारको लक्ष्मण रेखा कहिल्यै
नाग्न दिनु भएन
जसो तसो हाम्रो आधारभूत आवश्यकता
पूरा गर्दै जानु भयो
कहिल्यै हरेस खानु भएन
आफ्ना ति कठिन यात्राहरुलाई
कहिल्यै विश्राम गर्नुभएन
आफ्नो चुनौतिहरुलाई झेल्दै
आज यहा सम्म ल्याउनु भयो
धन्य हुन, मेरा बा ।

कहिले काहि म आफ्नो गाँऊ ठाउँका
पाखा पखेरा खेतवारीहरु डुल्छु
चिसो हावा चलिरहदा शीतलताको अनुभुतिसँगै
जहा म मेरा बाको पसिनाको सुगन्ध पाउछु ।
आज हाम्रा खेत वारीमा मृग, खरायो जरायो
कछुवा, चितुवाहरु दौडिरहन्छन्
कोइली, न्याउली, ढुकुरहरु आवाज दिइरहन्छन
पाखा पखेरा भरि रोपेका ति विरुवाहरु देख्छु
तब मेरा बाको तस्विर आखा भरि नाचिरहन्छ
जहा जङ्गली पशुपन्क्षी खुसीले चर्दै होलान
तिनै प्रकृतिका वोटविरुवाले याद गर्दै होलान
त्यो तप र तपस्यालाई
सायद नापेर गर्न सकिने
पक्कै कुनै परिधी छैन
न त लेखा जोखा नै गर्न सकिन्छ ।
एक युगका
एक अवतार हुन ।
मेरा बा ।।

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।