Logo

अचम्म

दुलही लिन नेपालबाट विहार पुगेको जन्ती रित्तै फर्किएपछि…



माइतीघरबाट दुलाहाको घर जाने तयारीमा थिइन् दुलही । मन्डप सजिसजाउ थियो । पाहुनाहरु आगनमा खुशी हुदै भित्र बाहिर गर्दै थिए । केटा पक्षका परिवार पनि जन्तीसहित केटीको घरमा पुगेका थिए । विवाहको तामझाम थियो । खुशियाली छाइरहेको थियो ।

केटाले त्यस्तो होला भन्ने सोचेका पनि थिएनन् । केटीले अचानक विवाह गर्न अस्विकार गरिन् । दुलहीलाई कसैले दुलाहाको बारेमा नचाहिदो कुरा लगाइदिएको बताइएको छ । हुन लागेको विवाहलाई रोकेर दुलहीले भिडियो कलिङ मार्फत अर्को केटासँग विवाह गरेकी छिन् । यो घटना भारतको बिहारको हो ।

दुलहीले अर्को केटा रोजेपछि नेपालबाट गएका जन्ती खाली हात फर्केका थिए । केटी पक्षले जन्तीलाई राम्रोसँग खाना खुवाएर विदाई गरेका छन् । दुलाहाको उमेर कच्चा भएको भन्दै केटीले विवाह नगर्ने बताएकी हुन् । केटीले आफ्नो निर्णय आफै लिनसक्ने भन्दै विवाह अस्विकार गरेकी थिइन् ।

दुलहीले आफ्नो विवाह अस्विकार गरेपछि उनका मामाले मुम्बईमा बस्ने केटा तुरुन्त खोजेर भिडियोको माध्यमबाट विवाह गरिदिएका थिए । एजेन्सी

नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख खर्च

नेपालमा एकजना कोरोना भाइरसको संक्रमित पत्ता लगाउन कति खर्च भयो होला ? १० हजार, २० हजार या त्यो भन्दा कम ? नेपालमा कोरोना भाइरसको संक्रमित एकजना पत्ता लगाउन एक लाख खर्च हुने गरेको तथ्य खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक संक्रमित फेला पर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले खर्चको विवरण प्रस्तुत गरेका हुन्।

उनले ल्याव टेष्टको लागि मात्रै सरकारले हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। ‘हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको छ। प्रति परीक्षण सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुन्छ। त्यसबापत सरकारले उक्त रकम खर्च गरिएको छ,’ उनले भने, ‘त्यो पीपीइ लगायत अन्य खर्च बाहेक ल्याव टेष्टको मात्रै हो।’

कुल परीक्षणमध्ये ३० हजार ४८३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएका छन्। त्यस अनुसार सरकारले एउटा पोजेटिभ केश पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च गरिरहेको उनको भनाई छ।

‘एउटा केश पत्ता लगाउनको लागि सरकारको ठुलो रकम खर्च भएको र त्यसपछि थप उपचारको लागि थप खर्च हुन्छ, एक जना संक्रमितलाई आईसीयुमा ३० दिन राख्नुपर्यो भने ४ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १८:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।