Logo

पत्रपत्रिका

नेकपाको झगडा भागबण्डा रहेछ : कार्यदल गठन गरेपछि मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु



भागबण्डा मिलाउन प्रचण्ड, ओली र माधव नेपालका २–२ जना जनार्दन शर्मा र पम्फा भुसाल, विष्णु पौडले र शकंर पोखरेल, भीम रावल र सुरेन्द्र पाण्डको कार्यदल बनेपछि झगडा शान्त भएको छ । यो कार्यदलले अर्ली महाधिवेशनमा प्रचण्ड एक्लो उमेदवार हुनु पर्ने र अध्यक्ष सर्वसम्मत गराउनु पर्ने, ओलीलाई आम निर्वाचनसम्म सरकार चलाउन दिने र माधव नेपालका मान्छेहरुसमेत प्रदेश सरकारमा राखिने सूत्र निकालिएको छ ।

रह्यो वामदेव गौतमको कुरो, उनलाई राष्ट्रिय सभामा लैजाने र सरकारमा राज्जा मन्त्रालय दिएर मनाइने छ । अर्थात नेकपाभित्रको विचार, सिद्धान्त, पद्धतिको जतिसुकै झ्याली पिटे पनि अन्ततः सत्ता भागबण्डामा गएर नेकपाको सबै झगडा मत्थर हुनेछ ।

सबैलाई सत्ता चाहिएको रहेछ भन्ने अब हलेदो भनेपछि कोट्याइरहनु पर्ने छैन । सबै पहेलपुर रहेछन् । ओली सरकारले भ्रष्टाचार बढायो, अपराधिकरण ग¥यो, संविधान मिच्यो, जनताप्रति जवाफ देहीपूर्ण काम गर्न सकेन भन्ने जति पनि कुरा थिए, ती नेकपाभित्रका जनताको आँखामा भ्रम छर्ने धूलो मात्र रहेछन् ।

सत्ता नपाए कि तँ छैनस्, कि म छैनको जुन पार्टी फुट्नेसम्मको विवाद थियो, प्रचण्ड र केपी ओलीले आफ्ना मान्छेअघि सारेर पार्टी समेत दर्ता गरिसकेका थिए, ती सबै सत्ताको दाउपेच मात्र रहेछन् । नेकपाभित्र कुनै पनि नेताले देश र जनताप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेका रहेनछन्, उनीहरुबीच कसरी सत्तामा पुग्ने भन्ने प्रतिस्पर्धा मात्र रहेछ भन्ने अब खुलस्त भइसकेको छ ।

कार्यदल गठन गरेपछि मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु भएको छ । अर्थमन्त्रीको म्याद नथपिने र वामदेव राष्ट्रिय सभामा मनोनित भएर मन्त्री बन्ने छन्, वामदेवदेखि प्रचण्ड माधव नेपालका गटुका सासं दहरु मन्त्री हनुेछन् अनि नेकपाको झगडाको कारण र निराकरणको पटाक्षेप यसै हप्ता हुनेछ ।

यो भागबण्डामा प्रचण्ड, माधव नेपाल, केपी ओली र वामदेवले ठूलै भाग पाउनेछन् । भीम रावल, अष्टलक्ष्मी अथवा राजेन्द्र पाण्डेले पनि ठूलै भाग पाउने छन् भने हिस्स बुढी खिस्स दाँत हुने झलनाथ खनालमात्र हुनेछन् ।

यद्यपि उनले समेत आफ्ना दुई मन्त्री हुनुपर्ने माँग गरेका छन् । झलनाथले मन्त्रीमा सिफारिस गरेको को रहेछन् भन्ने कुरा खुलेको छैन । मन्त्रिमण्डलको हरेफरेसँग प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसमेत फेरिने छन् ।

र, प्रचण्ड कसरी महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने भन्ने उनको रणनीति कामयाव हुँदैछ । तर, पूर्व एमालेका एक प्रभावशाली नेताका अनुसार एकताको महाधिवेशन चैतमै होस् अथवा अलि पर सरेर होस्, प्रचण्ड अध्यक्ष बन्ने छैनन् ।

अहिले सर्वसम्मत रुपमा कार्यदलले सुझाव दिएर पार्टी फुट्नबाट बचाए पनि मानसिक रुपमा एमाले र माओवादी केन्द्रका रुपमा गुटबाजी धेरै अघि बढिसकेकाले माटोको भाँडोजस्तो नेकपाको एकता डा. फिक्सिटले टालेको ढलानको घरजस्तै हो, केही समयपछि पक्कै चुहिन्छ, विश्लेषकहरु भन्छन् । गोरखा एक्सप्रेसका साथमा ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार २१:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।