Logo

साहित्य

दिल खोलेर हास्ने दिन…



दिल खोलेर हास्ने दिन होला कि कहिल्यै
मनले माया गास्ने दिन होला कि कहिल्यै

नेपाल र नेपालीपन खोजिरहन्छु सधै म त
आरोपहरू तास्ने दिन होला कि कहिल्यै

विश्वबन्धुत्व कुटुम्ब बनाई सारा टाढिएपछि
मिलेर सँगै बाँच्ने दिन होला कि कहिल्यै

भूमरीमा पारी देश चुस्ने काला सर्पहरू
निमोठेर मास्ने दिन होला कि कहिल्यै ?

देशमा बढेको छ अत्याचार र अराजकता
बिहानै भाले बास्ने दिन होला कि कहिल्यै ?

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।