Logo

साहित्य

तिमी विना वितेको रातको के को अर्थ !



तिमी विना वितेको रातको के को अर्थ ।
हावा विना हल्लको पातको के को अर्थ ।

हो साच्चै तिमी भित्र हराउन पाउदिन भने ।
माया प्रेम भन्ने यो जातको के को अर्थ ।

तिम्रो आत्माले मेरो धड्कन सुन्दैन भने ।
सँगै हुँदा गरेको वातको के को अर्थ ।

जिन्दगीको सुनामीमा एक्लै हुनुपर्छ भने ।
वाचा गरि समाएको हातको के को अर्थ ।

आउ वस सक्छौ भने विपनीमा तिमी
सपनीमा गरेको घातको के को अर्थ ।
तिमी विना वितेको रातको के को अर्थ

(सुवेदी युवा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।