Logo

अन्तर्राष्ट्रिय

मार्क जुकरबर्गलाई उछिने एनल मस्कले, विश्वकै धनि महिला स्कट र कान्छि धनाड्य केइली



एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनी फेसबुका सह—संस्थापक मार्क जुकरबर्गलाई उछिन्दै तेस्रो धनि व्यक्ति बन्न सफल भएका हुन् । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयरमा उछाल आएसँगै उनले यो विजय हाँसिल गरेका हुन् । उनी अहिले ४९ वर्षका भए ।

पछिल्लो तथ्यांक अनुसार मस्कको सम्पत्ति बढेर १.१५ खर्ब डलर पुगेको छ । जुकरबर्गको सम्पत्ति १.१० खर्ब डलर रहेको ब्लुमबर्ग इन्डेक्सले जनाएको छ । यो वर्ष मात्र टेस्लाको सेयर ५ सय प्रतिशतले बढ्दा उनको सम्पत्ति ८७.८ अर्ब डलरले वृद्धि भयो । अहिले टेस्लाको बजार मूल्य ४.६४ खर्ब डलर रहेको छ । यसले वालमार्टलाई समेत उछिनेको छ ।

सोमबार नै जेफ बेजोसका पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । उनले लोरेयालकी उत्तराधिकारी फ्रांकोइस बेटेनकोर्ट मेयर्सलाई उछिनेकी हुन् । बेजोससँग डिभोर्स गर्दा ५० वर्षीया स्कटले अमेजन डटकममा ४ प्रतिशत सेयर प्राप्त गरेकी थिइन् । अहिले उक्त सेयरको मूल्य ६६।४ अर्ब डलर पुगेको छ ।

त्यस्तै पछिल्लो समयमा विश्वकै कान्छि धनाड्य केइली जेनर बनेकी छिन् । केइली फोब्र्सले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार युवा धनाढ्यको सूचीमा पर्न सफल भएकी हुन् । उनी आफु २१ वर्ष देखि नै अर्वपतिको सूचीमा नाम लेखाउन सफल भएकि हुन् । अहिले भने उनी २३ वर्षकी भएसँग विश्वकै कान्छि अर्बपतिको नाम लेखाउन सफल भएकि छिन् ।
सन् २०१६ केइलीको कुल सम्पत्ति ३०७ मिलियन डलर थियो भने २०१७ मा बढेर ३३० मिलियन डलर पुगेको थियो । त्यसैगरी २०१८ मा उनको कूल सम्पत्ति ३६० मिलियन डलर पुग्यो । जुन पहिलो र दोस्रो वर्षमा करिब ७ प्रतिशतले वृद्धि भएको थियो ।

क्रमशः सम्पत्तिमा वृद्धि हुँदै जाँदा सन् २०१९ मा उनले ६ सय मिलियन डलरका मालिक बनिन । केइली कस्मेटिक्स कम्पनीको एकल मालिक हुन् । हाल काइली ९०० मिलियन डलरको मालिक भइसकेकी छन् । र, फोब्र्सको सूचीमा सबैभन्दा कान्छी धनीको रुपमा आफ्नो नाम लेखाउन सफल भइसकेकी छिन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।