सानिमा बैंक लिमिटेडले रुपन्देहीको भलवारीमा सञ्चालनमा ल्याएको छ । बैंकले यही भाद्र १५ गतेदेखि ८०औं शाखा कार्यालय रुपमा भलवारीमा शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे ।
कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंङ्किङ सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंङ्किङ सेवा प्रदान गर्ने छ ।
जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोनाभाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ ।





















प्रतिक्रिया