जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६–७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले कुल लगानीको ८४ दशमलव ३४ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा गरेको छन् ।
बीमा कम्पनीहरुले सो अवधिमा गरेको कुल लगानीको ७३ दशमलव २८ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब ६१ करोड वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गरेका छन् । साथै सो अवधिमा गरिएको कुल लगानीको ८ दशमलव २० प्रतिशत अर्थात् २३ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ विकास बैंकहरुको मुद्दति निक्षेपमा र कुल लगानीको ० दशमलव ८३ प्रतिशत अर्थात २ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ वित्त कम्पनीहरुको मु्द्दति निक्षेपमा लगानी गरेका हुन् ।
बीमा समिति तथा कम्पनीहरुबाट प्राप्त तथ्यांकअनुसार सो अवधिमा ७ वटा जीवन बीमा कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । मुद्दतिमा १० अर्ब रुपैयाँ बढी लगानी गर्नेमा नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र प्राइम लाइफ इन्स्सोरेन्स हुन् ।
बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो ।
सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे ।
हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् ।
नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६र७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले कुल लगानीको ८४।३४ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा गरेको छन् ।
जीवन बीमा कम्पनीहरुले सो अवधिमा गरेको कुल लगानीको ७३।२८ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब ६१ करोड वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गरेका छन् । साथै सो अवधिमा गरिएको कुल लगानीको ८।२० प्रतिशत अर्थात् २३ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ विकास बैंकहरुको मुद्दति निक्षेपमा र कुल लगानीको ०।८३ प्रतिशत अर्थात २ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ वित्त कम्पनीहरुको मु्द्दति निक्षेपमा लगानी गरेका हुन् ।
बीमा समिति तथा कम्पनीहरुबाट प्राप्त तथ्यांकअनुसार सो अवधिमा ७ वटा जीवन बीमा कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । मुद्दतिमा १० अर्ब रुपैयाँ बढी लगानी गर्नेमा नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र प्राइम लाइफ इन्स्सोरेन्स हुन् ।





















प्रतिक्रिया