Logo

अर्थ

लकडाउनको चार महिनामा सवारी कारवाहीबाट २ करोड बढी राजस्व



चैत ११ अर्थात लकडाउन यता ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २ करोड बढी राजस्व संकलन गरेको छ । लकडाउनबाट सुरु भएको बन्दाबन्दीको स्वरुप अहिले निधेषाआज्ञासम्म पुगेको छ । यो यो बिचमा सडकमा सवारी साधन त्यत्ति गुडेका छैनन । यस्तो अवस्थामा पनि ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २ करोड बढी उठायो भन्दा पत्याउनै गाह्रो हुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत यता असार मसान्तसम्म २ करोड ६१ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

४ महिनामा यति धेरै राजस्व, त्यसमाथि पनि अधिकांस सवारी घरघरमा थन्किएको अवस्था तथा मापासे लगायत गम्भिर कारवाही स्थगित गरिएको समयमा ।

त्यस्तै सरकारले चैत्र महिनादेखी अषाढसम्म लकडाउन लगाएको थियो । लकडाउनको अवधीमा ४० हजार ८ सय ४० सवारी साधन कारवाहीमा परेका छन् ।

चैत्र महिनामा २३ हजार ८ सय ६७ सवारी साधन कारवाहीमा परेकोमा १ करोड ७३ हजार रुपैयाँ राजश्व संकलन भएको हो । तर बैशाख र जेष्ठ महिनामा भने सवारी साधन कारवाहीमा परेका छैनन् । त्यस्तै अषाढ महिनामा १६ हजार ९ सय ७३ सवारी साधन कारवाहीमा परेका छन् भने १ करोड ११ लाख २२ हजार रुपैयाँ राजश्व असुल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

लेन मिचेको, सवारी कागजपत्र साथमा नबोकेको, ओभर स्पिड चलाएको, मापसे गरेको, नो पार्किङमा पार्किङ गरेको, रेड लाईट क्रस गरेको, वान वेमा प्रवेश गरेको, अनैतिक तरिकाले आभेर ट्याग गरेको वा ट्राफिकका सबै नियम उल्लङ्घन गरेकाले यी सवारी साधन कारवाहीमा परेका हुन् ।
जरिमान शूल्कमा वृद्धि किन ?
१४–१५ बर्ष उमेरकाले चाँडै नै गाडी चलाउने उत्सुकता बढि भएको हुनाले पनि कारवाही पर्ने गरेको महानगरका प्रमुख भिम ढकालले बताए । उनका अनुसार, “जरिवाना रकम कम भएकाले पनि बढि लापरवाही गर्ने गरेका छन् । बढि जरिवाना हुँदै गयो भने सवारी कारवाही पनि कम भएका छन् । पहिले २ सय रुपैयाँ, पाँच सय रुपैया जरिवना हुँदा सवारी कारवाही धेरै हुने गरेको थिए । तर हाल जरिवाना रकम २ हजार रुपैयाँसम्म बृद्धि हुँदा ट्राफिक कारवाही पनि कम भएका छन् । राजश्व धेरै उठेपनि सवारी कारवाहीको संख्या कम भएको छ । त्यसैले जरिवाना रकम अझै बढाउनु पर्छ । राज्यले बनाएको कानुन नमान्नेलाई अलि कडा फाईन हुनुपर्छ ।” तर कोहि नयाँ सवारी चलाउनेलाई भने जनचेतना दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।